Jan 08 2025 | २०८१, पुस २४ गते

images
images

पार्टीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतााई कुण्ठित नगरिने : प्रचण्ड

पार्टीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतााई कुण्ठित नगरिने : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
  • पार्टीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतााई कुण्ठित नगरिने : प्रचण्ड

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले सो बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘हामीले पार्टीमा जसले जे गरे पनि हुने स्थितिको अन्त्य गनुपर्दछ भन्ने सन्देश दिनै पर्नेछ । तर, अनुशासनको पालनाको सन्दर्भमा पद्धतिसम्मत गरिने बिचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’

    पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य भएत पनि पार्टीको विधि पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित हिसावबले अनुशासनको कारबाही गर्नु । यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाउनु । कम्युनिस्ट पार्टीभित्रको अनुशासनलाइ मुलतः स्वेच्छिक अनुशासन भएको प्रचण्डले बताएका छन् । स्वेच्छिक अनुशासनको नाममा नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले भने छुट नपाउने उनले बताए ।

    पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यावयन रहेको उल्लेख गर्दै पछिल्लो समयमा यसमा समस्या देखा परेको बताएका छन् ।

    प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताको रुपमा अभिव्यक्त हुने गरेको छ ।’

    यस्तो अभ्यासले राम्रो नगर्ने भन्दै उनले अगाडि भनेका छन्, ‘ हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सट्टा सामान्य जनवादी पद्धति मुलतः पुँजीवादी जनवादमा खस्कँदै गएको संकेत गरेको छ ।’

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार