अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा
अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ ।
काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् ।
“यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुने छ”, उनले भने।