Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

सरकारकै प्रवक्ता भन्छन् : ६ महिनामा देखिने गरी एउटै काम भएन

सरकारकै प्रवक्ता भन्छन् : ६ महिनामा देखिने गरी एउटै काम भएन

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
  • सरकारकै प्रवक्ता भन्छन् : ६ महिनामा देखिने गरी एउटै काम भएन

    काठमाडौँ । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा ढिलाइ हुन गएको बताएका छन् । 

    images
    images
    images

    रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताको कारणले तोकिएको समयमा आयोजना निर्माणको काम सम्पन्न गर्न वर्षौं लाग्ने देखिएको बताए । आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म पनि देखिने गरी एउटा पनि काम हुन नसकेको उनले बताए । सरकारको प्रवक्त समेत रहेका उनले आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर गरे । 

    मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे । कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरुद्ध लक्षित नरहेको उनको भनाइ छ ।

    विभिन्न मन्त्रालय र कार्यालयमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न उनले आग्रह गरे । 

    त्यस्तै, उनले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने जिकिर गरे । केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताए । 

    उनले आइटीलाई र एआईलाई उद्योगको रूपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता परेको उल्लेख गरे । वार्षिकोत्सवको अवसरमा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार