Feb 22 2025 | २०८१, फागुन १० गते

images
images

काठमाडौँमा घट्यो वायु प्रदूषण 

काठमाडौँमा घट्यो वायु प्रदूषण 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
  • काठमाडौँमा घट्यो वायु प्रदूषण 

    काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण केही कम भएको छ । बिहीबार उपत्यकाका चार स्थान अस्वस्थकर रहेकामा शुक्रबार निश्चित वर्गका निम्ति मात्रै असर पुर्‍याउने तहमा झरेको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी र भक्तपुरको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १६२ देखि १६८ सम्म पुगेको थियो । शुक्रबार दिउँसो १ः३० बजे ती स्थानको एक्यूआई घटेर ११९ देखि १३२ सम्म मापन भएको छ ।

    आज पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेर ३५.४ माइक्रोग्राम प्रतिघनमिटर छ । बिहीबार राति शंखपार्कमा पीएम २।५ को मात्रा ९७ सम्म पुगेको थियो । शुक्रबार सोही सयममा पोखरा भने सर्वाधिक प्रदूषित छ । त्यहाँको एक्यूआई १७४ र पीएम २।५ को मात्रा १२०.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । 

    वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

    एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

    पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

    पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

    पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट