Feb 22 2025 | २०८१, फागुन १० गते

images
images

निजामती विधेयक निष्कर्षमा पु-याउन बडूको संयोजकत्वमा उपसमिति गठन

निजामती विधेयक निष्कर्षमा पु-याउन बडूको संयोजकत्वमा उपसमिति गठन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
  • निजामती विधेयक निष्कर्षमा पु-याउन बडूको संयोजकत्वमा उपसमिति गठन

    काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पु-याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

    images
    images

    समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरे । उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

    उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’ माथि छलफल चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट