Aug 12 2026 | २०८३, साउन २७ गते

राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजस्व वृद्धि हुनुपर्छ : चन्द्र ढकाल

राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजस्व वृद्धि हुनुपर्छ : चन्द्र ढकाल

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ८ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ८ २०८२
  • राजनीतिक दलहरूको एजेण्डा रोजगारी सिर्जना र राजस्व वृद्धि हुनुपर्छ : चन्द्र ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले अब रोजगारी सिर्जना र राजस्व बढाउने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाउनुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ मा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

    images

    ढकालले राजनीतिक दलहरू अहिले ‘मिसन ०८४’ को एजेण्डा बोकेर हिँडिरहेको सन्दर्भमा, निजी क्षेत्रको तर्फबाट रोजगारी सिर्जना गर्ने र व्यावसायिक गतिविधि बढाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    उनले भने, “कुनै एउटा राजनीतिक दलले अर्कोलाई आक्षेप लगाएर वा नराम्रो देखाएर मत बटुल्नुभन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना र लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्छ। हरेक नेपालीले आज रोजगारी खोजिरहेको छ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट