Aug 12 2026 | २०८३, साउन २७ गते

३ महिनामा ५ सय विदेशी नागरिकले लिए श्रम स्वीकृति

३ महिनामा ५ सय विदेशी नागरिकले लिए श्रम स्वीकृति

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ५ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ५ २०८२
  • ३ महिनामा ५ सय विदेशी नागरिकले लिए श्रम स्वीकृति

    काठमाडौँ। विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पाँच सय विदेशी नागरिकले श्रमिक स्वीकृति लिएका छन्।

    images

    श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म सो संख्यामा गैरनेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन्।

    असोज महिनासम्म १६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन्। असोजमा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएको तथ्यांक छ। यस अवधिसम्म ३३५ जना गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ।

    आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा भने ८९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए। विभागका अनुसार सो आवमा १ हजार ६६७ जना विदेशी नागरिकको श्रम स्वीकृति नवीकरण भएको तथ्यांक छ।

    नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनीहरूमा आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेको पाइन्छ। 
    विभागका अनुसार यसरी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिकको संख्या अधिक देखिन्छ। नेपालको सडक, जलविद्युत, विमानस्थलसहित ठूला पूर्वाधार निर्माणमा अहिले चिनियाँ निर्माण कम्पनीको बाहुल्य देखिन्छ। 

    विभागले विभिन्न प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिएरनलिएको बारे पाँच वटा अनुगमन तीन महिनाको अवधिमा गरेको पाइएको छ। गत आवको एक वर्षको अवधिमा यस्तो अनुगमन ३७ वटा गरिएको थियो।

    यस विभागबाट विदेश जाने नेपालीले लिएको श्रम स्वीकृति संख्या भने तीन महिनामा ४२ हजार ४६८ पुगेको छ। असोज महिनामा मात्र १५ हजार ८०५ श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट