Aug 12 2026 | २०८३, साउन २७ गते

आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट

आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १ २०८२
  • आइएमएफका निर्देशक श्रीनिवासन र गभर्नर पौडेलबीच भेट

    काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

    images

    सोमवार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो । भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय जोखिम तथा नेपालले आइएमएफबाट प्राप्त गर्दै आएको प्राविधिक सहयोगलगायतका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

    गभर्नर डा. पौडेलले नेपालले आर्थिक स्थिरता कायम गर्न र सुशासनलाई सुदृढ बनाउन चालेका कदमहरूबारे निर्देशक श्रीनिवासनलाई जानकारी गराएको थियो । श्रीनिवासनले नेपालको आर्थिक सुधारप्रति आइएमएफको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको बताइएको छ । यसअघि डा. श्रीनिवासन नेतृत्वको आइएमएफ टोलीले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट