नेपालसँग पानीको सहकार्यमा यूएई तयार: राजदूत साम्सी
नेपालसँग पानीको सहकार्यमा यूएई तयार: राजदूत साम्सी
काठमाडौँ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला जर्वान अल साम्सीले नेपालसँग पानी संरक्षण क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
मोहम्मद बिन जायेद वाटर इनिसिएटिभसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत साम्सीले गत जुलाईमा नेपालका तराई क्षेत्रहरूमा देखिएको जल–संकटको उल्लेख गर्दै नेपाल पनि पानी अभावको जोखिममा रहेको बताए ।
विश्वव्यापी पानी संकट समाधानका लागि साझा कदम र सहकार्य आवश्यक पर्ने उनले बताउँदै राजदूत साम्सीले पानी मानव जीवनको आधार भएकाले नेपाल र यूएईले यस क्षेत्रमा प्रभावकारी साझेदारी गर्न सक्ने धारणा व्यक्त गरे ।
