images

Nov 15 2026 | २०८३, कात्तिक २९ गते

मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ

मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
  • मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ

    काठमाडौँ। अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार गरिँदै छ । वर्तमान मन्त्रिपरिषद्‌मा चार नयाँ मन्त्री थपिन लागेको हो । थपिन लागेकामा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । उनीहरूको शपथ आज (मंसिर २६) दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार