Aug 11 2026 | २०८३, साउन २६ गते

डिजिटल रूपान्तरणमा सहयोग गर्ने लक्ष्यसहित स्काईआइटीको एमएसपी सेवा सुरु

डिजिटल रूपान्तरणमा सहयोग गर्ने लक्ष्यसहित स्काईआइटीको एमएसपी सेवा सुरु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
  • डिजिटल रूपान्तरणमा सहयोग गर्ने लक्ष्यसहित स्काईआइटीको एमएसपी सेवा सुरु

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले आफ्नो प्रविधि सेवा ब्रान्ड स्काईआइटी (Sky IT) मार्फत म्यानेज्ड सर्भिस प्रोभाइडर (MSP) सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले परम्परागत इन्टरनेट सेवा प्रदायकको सीमाभन्दा बाहिर गएर नेपालका व्यवसायिक संस्थाहरूका लागि समग्र प्रविधि साझेदारको भूमिका निर्वाह गर्ने उद्देश्यसहित उक्त सेवा सुरु गरेको जनाएको छ।

    images

    व्यवसायहरूमा डिजिटल प्लेटफर्म, क्लाउड सेवा, साइबर सुरक्षा तथा व्यवसाय निरन्तरता व्यवस्थापनप्रति निर्भरता बढ्दै गइरहेका बेला भरपर्दो आइटी व्यवस्थापनको आवश्यकता पनि बढेको छ। यही आवश्यकतालाई सम्बोधन गर्न स्काईआइटीले एमएसपी सेवा सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार नयाँ सेवामार्फत केन्द्रीकृत आइटी सपोर्ट, प्रो–एक्टिभ मनिटरिङ, इन्फ्रास्ट्रक्चर व्यवस्थापन, साइबर सुरक्षा सेवा तथा आवश्यक प्राविधिक सहयोग एकीकृत रूपमा उपलब्ध गराइनेछ।

    स्काईआइटीका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले व्यवसायहरूलाई अहिले केवल इन्टरनेट सेवा मात्र नभई प्रभावकारी आइटी व्यवस्थापन, छिटो प्राविधिक सहयोग, सुदृढ साइबर सुरक्षा र पूर्वानुमानयोग्य प्रविधि खर्च आवश्यक रहेको बताए।

    उनका अनुसार कम्पनीको उद्देश्य केवल कनेक्टिभिटी सेवा प्रदान गर्नु नभई संस्थाहरूका लागि विश्वासिलो प्रविधि साझेदार बन्नु हो। एमएसपी मोडलमार्फत निरन्तर प्राविधिक सहयोग, सेवा

    गुणस्तरको मापनयोग्य मापदण्ड तथा व्यावसायिक आइटी व्यवस्थापन सेवा उपलब्ध गराइने उनले बताए।

    स्काईआइटीले उपलब्ध गराउने सेवामा नेटवर्क इन्फ्रास्ट्रक्चर व्यवस्थापन, प्रयोगकर्ता तथा डिभाइस सपोर्ट, सर्भर तथा सिस्टम मनिटरिङ, वाइफाइ तथा ल्यान व्यवस्थापन, साइबर सुरक्षा समन्वय, ब्याकअप तथा रिकभरी सपोर्ट, आइटी हेल्पडेस्क सेवा, एसेट मनिटरिङ तथा भेन्डर समन्वयलगायत रहेका छन्।

    कम्पनीले विभिन्न आकारका संस्था तथा व्यवसायको आवश्यकता अनुसार सेवा छनोट गर्न सकिने गरी विभिन्न स्तरका प्याकेजहरू तयार गरेको जनाएको छ। साथै नियमित रिपोर्टिङ, प्रभावकारी मर्मत सम्भार तथा रणनीतिक सुझावमार्फत संस्थाहरूको डाउनटाइम घटाउन सहयोग गर्ने योजना रहेको कम्पनीको भनाइ छ।

    स्काई ब्रोडब्यान्ड र स्काईआइटीले दीर्घकालीन प्रविधि साझेदारीलाई प्राथमिकता दिँदै नेपालमा डिजिटल रूपान्तरणलाई थप गति दिने लक्ष्य राखेका छन्। कम्पनीले ‘Our Motto: Not to Trade but to Integrate’ भन्ने मूल अवधारणाअनुसार ग्राहकसँग दीर्घकालीन सहकार्यमा केन्द्रित रहने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट