images

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

उद्योगमन्त्री साहसँग अष्ट्रेलियाली राजदूतको भेट

उद्योगमन्त्री साहसँग अष्ट्रेलियाली राजदूतको भेट

व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे छलफल; बाढीमा सहयोगका लागि धन्यवाद

बिहीबार , कात्तिक १९ २०८३
बिहीबार , कात्तिक १९ २०८३
  • उद्योगमन्त्री साहसँग अष्ट्रेलियाली राजदूतको भेट

    काठमाडौँ, १९ कात्तिक। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले नेपालका लागि अष्ट्रेलियाली राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भयो।

    मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा अष्ट्रेलिया सरकारले नेपाललाई दिएको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

    भेटमा आगामी दिनमा दुई देशबीच व्यापार विस्तार, आर्थिक साझेदारी र पारस्परिक हितका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भयो। नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमा भेट सकारात्मक रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार