Aug 11 2026 | २०८३, साउन २६ गते

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २४ २०८३
  • ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    काठमाडौं। राजधानी उपत्यकामा खाना पकाउने ग्यासको कालोबजारी भइरहेको गुनासो तथा सूचनाहरू बढ्दै गएपछि सरकारले ग्यास डिपो र बिक्री केन्द्रहरूमा कडा निगरानी सुरु गरेको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन सुरु गरिएको हो।

    images

    भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव देखिएको भन्दै उद्योग मन्त्रालयमा लगातार उजुरी परिरहेका थिए, जसपछि उद्योगमन्त्री गौरी यादवले यो विषय गृहमन्त्री समक्ष उठाएकी थिइन्। मन्त्री यादवको अनुरोधपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

    अनुगमनका क्रममा ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा अन्य कुनै प्रकारको कालोबजारी गतिविधि भेटिएमा तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ। साथै, उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचना र अवस्थाको मूल्याङ्कनपछि आवश्यक देखिएमा देशका अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी थप विस्तार गरिने गृह मन्त्रालयले जनाएको छ।

    उता, पोखरामा पनि पछिल्लो समय एलपी ग्यासको अभावका कारण उपभोक्ता रित्तो सिलिन्डर बोकेर डिपो अगाडि लामो समयसम्म पर्खनुपर्ने अवस्था सिर्जना भएको थियो, जसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि आपूर्ति सहज बनाउन र कालोबजारी रोक्न अनुगमन तीव्र पारेको छ।

    सरकारले चाडपर्वको मुखमा ग्यासको कृत्रिम अभाव देखाएर उपभोक्तालाई मर्का पार्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएको देखिन्छ, र आगामी दिनमा थप कडाइका साथ अनुगमन अभियान अघि बढ्ने सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट