Aug 11 2026 | २०८३, साउन २६ गते

अर्थमन्त्री वाग्लेको नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

अर्थमन्त्री वाग्लेको नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २५ २०८३
  • अर्थमन्त्री वाग्लेको नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

    काठमाडौं, अगस्ट १०, २०२६ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरिरहेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गरिरहेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत सोमबार दिउँसो अर्थ मन्त्रालयको सुवर्ण हलमा यो छलफल सुरु भएको हो। छलफलमा सहभागी हुन ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ।

    images

    छलफलमा एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एअरलाइन्स प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि र डुसान इनरबिलिटी कम्पनी लिमिटेडसहितका कम्पनीहरूका प्रतिनिधि सहभागी रहेका छन्।

    अर्थमन्त्री वाग्लेले कम्पनीहरूलाई बजेटले दिएका सुविधा, तिनले भोगिरहेका नीतिगत र प्रशासनिक समस्या, लगानी विस्तार, रोजगारी सिर्जना, र नाफा फिर्ता लैजाँदाका विषयमा छलफल गर्ने र सो सम्बन्धमा लिखित विवरण पेस गर्न आग्रह गर्ने बताइएको छ। यस छलफलको उद्देश्य लगानीकर्ता कम्पनीले सामना गरिरहेका व्यावसायिक अवरोधहरू पहिचान गरी लगानी विस्तारका लागि सहजीकरण गर्नु रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट