images

Sep 24 2026 | २०८३, असोज ८ गते

भोटेकोशी बाढी विपद्: डुसान बबक्याटद्वारा नेपाल सरकारलाई रु. १० करोडभन्दा बढी मूल्यको उपकरण सहयोग

भोटेकोशी बाढी विपद्: डुसान बबक्याटद्वारा नेपाल सरकारलाई रु. १० करोडभन्दा बढी मूल्यको उपकरण सहयोग

मिनी एक्स्काभेटर, ब्याकहो लोडर, स्किड स्टियर लोडर र टावर लाइटसहितका बबक्याट उपकरण गृहमन्त्रीलाई औपचारिक हस्तान्तरण, उद्धार तथा पुनर्निर्माण कार्यमा प्रयोग हुने

"We are with you Nepal, We are Bobcat" भन्दै कम्पनीले नेपालसँगको एकजुटता जनाएको छ।

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • भोटेकोशी बाढी विपद्: डुसान बबक्याटद्वारा नेपाल सरकारलाई रु. १० करोडभन्दा बढी मूल्यको उपकरण सहयोग

    काठमाडौं। भदौ १० गते आएको भोटेकोशी नदीको विनाशकारी बाढीका कारण जनजीवन, घर, सुरुङ तथा महत्त्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै डुसान बबक्याट इन्डिया प्रा.लि. (Doosan Bobcat India Pvt. Ltd.) ले नेपाल सरकारलाई रु. दश करोडभन्दा माथिको आवश्यक उपकरण सहयोग उपलब्ध गराएको छ। उक्त उपकरणहरू प्रभावित क्षेत्रमा जारी उद्धार, विपद् व्यवस्थापन तथा पुनर्स्थापना कार्यमा प्रयोग गरिनेछन्।

    यस सहयोगअन्तर्गत नेपाल सरकारलाई ४ थान बबक्याट मिनी एक्स्काभेटर, २ थान ब्याकहो लोडर, ३ थान स्किड स्टियर लोडर र ६ थान टावर लाइट उपलब्ध गराइएको छ। यी उपकरणहरूले भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध पहुँच तथा बाटो पुनर्स्थापना गर्ने लगायतका आकस्मिक पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। उपकरणहरू एफ.जी. इन्कर्पोरेटेड प्रा.लि. नेपालका अधिकृत डिलरको सहकार्यमा सर्भिस तथा तयारी गरी परिचालनका लागि तयार गरिएको हो।

    Screenshot 2026-09-23 174946.png
    undefined

    यस पहलअन्तर्गत अध्यक्ष पवन कुमार गुप्ता, एफ.जी. इन्कर्पोरेटेड प्रा.लि.का प्रबन्ध निर्देशक केदार लामिछाने तथा कम्पनीका डाइरेक्टर पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा नेपाल सरकारका माननीय गृहमन्त्रीलाई उक्त उपकरणहरू एक समारोहको बीचमा हस्तान्तरण गर्नुभयो।

    उक्त औपचारिक हस्तान्तरणले डुसान बबक्याट इन्डिया प्रा.लि.ले नेपाल सरकारसँग सहकार्य गर्दै विपद् उद्धार, राहत, पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रयासमा सहयोग गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। यस पहलमार्फत कम्पनीले विपद्बाट प्रभावित समुदाय तथा नेपाल सरकारप्रति आफ्नो एकजुटता व्यक्त गर्दै नेपालको जारी उद्धार, पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट