Sep 28 2024 | २०८१, असोज १२ गते

गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगित सम्पन्न

गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगित सम्पन्न

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ९ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ९ २०७९
  • गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगित सम्पन्न

    पोखरा । गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता-२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा बित्तीय संस्थाका पुरुष तर्फ ३ समूह र महिला तर्फ १५ समूह गरी कुल ४९ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोल स्थित स्पोर्टस्‌ क्यासलको फुटसल मैदानमा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता असोज ७२ ८ गते गरि २ दिनसम्म चलेको थियो ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्र प्रतियोगिताको प्रमुख अतिथि रहेका थिए । साथै उक्त प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्साबच मैत्रिपूर्ण खेल समेत संचालन भएको थियो ।

    प्रतियोगिताको फाईनल खेलमा पुरुष समूह तर्फ नबिल बैंक लिमिटेडले सिढार्थ बैंक लिमिटेडलाई ट्राईबिकरमा हराउदै तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिताको विजेता बनेको छ । त्यसैगरी लक्ष्मी वैंक लिमिटेडले फाईनल खेलमा मेगा वैंक लिमिटेडलाई १-० गोलले हराउदै प्रतियोगितको महिला समूह तर्फ विजेता बन्न सफल भएको छ ।

    प्रतियोगिताको पूरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नबिल बैंकका फडेन्द्र जङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन्‌ भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी

    तृष्णा प्रधान र पोखरा फाईनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार