Sep 19 2024 | २०८१, असोज ३ गते

एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने

एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २८ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज २८ २०७९
  • एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने

    काठमाडौं । एनआइसी एसिया बैंकमा बचत गर्नेहरुले आकर्षक ब्याज पाउनेछन् । अहिले यो बैंकले बचत खातामै १० प्रतिशतभन्दा बढी ब्याज दिइरहेको छ ।

    images
    images

    सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता अन्तर्गत १०.१३३ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । अहिले बैङ्कहरूले मुद्दती निक्षेपमा आकर्षक ब्याज दिइरहेका छन् ।

    १२.१३ प्रतिशत मुद्दती निक्षेपको ब्याज निर्धारण गरेका बैङ्कहरूले साधारण बचतमा भने फरक फरक ब्याज दिइरहेका छन् । एनआइसी एसिया बैंकले बचत खातामा ७।१३३ प्रतिशतदेखि १०.१३३ प्रतिशतसम्म व्याज दिँदै आएको छ ।

    २५ वर्ष पुरा गरेको बैंकका अधिकांश वित्तीय सूचकहरू बलिया छन् । एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३९ रुपैयाँ १३ पैसा रहेको छ ।

    यसको प्रतिसेयर आम्दानी गतवर्ष भन्दा १० रुपैयाँ ९५ पैसाले बढेको हो । एनआइसी एसिया बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट