Sep 28 2024 | २०८१, असोज १२ गते

एथ्लेटिक्समा आर्मी च्याम्पियन

एथ्लेटिक्समा आर्मी च्याम्पियन

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ३ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ३ २०७९
  • एथ्लेटिक्समा आर्मी च्याम्पियन

    कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भीडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५  पदक हात पा¥यो ।

    images
    images

    त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो स्थानमा रह्यो । एपिएफले १० स्वर्ण, १० रजत र १० कांस्यसहित कूल ३० पदक जित्दै दोस्रो बनेको हो । प्रतियोगितामा नेपाल प्रहरी क्लब तेस्रो बन्यो । प्रहरीले दुई स्वर्ण, सात रजत र छ कांस्यसहित कूल १५ पदक जितेर तेस्रो स्थानमा रहेको हो ।

    बागमती प्रदेशले दुई स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो भने लुम्बिनीले दुई स्वर्ण, चार रजत र एक कांस्य जित्यो । गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जित्यो । त्यसैगरी कर्णाली प्रदेशले एक स्वर्ण र एक रजत तथा सुदूरपश्चिमले एक कांस्य पदक जितेको छ ।

    विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराजले पुरस्कार तथा पदक प्रदान गरे ।

    एथ्लेटिक्समा सबैभन्दा बढी स्वर्ण जित्ने जयरानी

    त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन् । 

    पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितेकीमा  तीन वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन् ।

    जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन् । यसैगरी एथ्लेटिक्सअन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए ।

    एपिएफका खेलाडी उनले नवौँ राष्टिय खेलमा तीन स्वर्ण पदक हात पारे । शिवराजले दुई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्णपदक हात पारेका हुन् । 

    त्यसैगरी महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए । चार सय मिटर हडल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारुले नयाँ कीर्तिमानी बनाए ।

    तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे ।

    एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नम्बर १, मधेश प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार