images

May 17 2024 | २०८१, जेठ ४ गते

स्वीडेनमा अब याैन पनि खेलकाे सूचीमा समावेश, च्याम्पियन्सिप आयाेजना गर्दै

स्वीडेनमा अब याैन पनि खेलकाे सूचीमा समावेश, च्याम्पियन्सिप आयाेजना गर्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २२ २०८०
  • स्वीडेनमा अब याैन पनि खेलकाे सूचीमा समावेश, च्याम्पियन्सिप आयाेजना गर्दै

     यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ।

    images
    images

    स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ ।

    स्वीडिस सेक्स फेडेरेसनले यस विषयमा भनेको छ,‘खेलकुद रणनीतिको एक भागको रूपमा समावेश हुने सेक्स गेम युरोपेली देशहरू बीच राम्रोसँग विकसित हुनेछ ।’

    फेडेरेसनका प्रमुख ड्र्यागन ब्य्राचका अनुसार सेक्स खेलमा सहभागी हुन खन्य खेलमा जस्तै शारीरिक अभ्यास चाहिन्छ । उनी भन्छन्,‘अन्य खेलजस्तै चाहेजस्तो नतिजा प्राप्त गर्न शारीरिक अभ्यास जरुरी छ ।’

    हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा

    स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

    प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

    तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।

    हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ ।

    युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ ।

    आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ ।

    स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।

    के हो सेक्सुअल ओरिएन्टेसन ?

    फरक–फरक मानिसहरुले छुट्टा–छ्ट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसूस गर्न सक्दछन् ।

    यसमा अधिकांश विपरीत लिंगीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिंगको व्यक्तिसँग वा दुवै लिंगका व्यक्तिसँग पनि आकर्षित हुन्छन् ।

    सेक्स च्याम्पियनसीपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रुपमा स्थापित गर्ने दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार