Sep 17 2024 | २०८१, असोज १ गते

वाणिज्य बैंकको नाफा करिब २५ % ले बढ्याे, एनआईसी एशिया बैंकले मात्रै एकवर्षमा ४ अर्ब ६५ करोड कमायाे

वाणिज्य बैंकको नाफा करिब २५ % ले बढ्याे, एनआईसी एशिया बैंकले मात्रै एकवर्षमा ४ अर्ब ६५ करोड कमायाे

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • वाणिज्य बैंकको नाफा करिब २५  % ले बढ्याे,  एनआईसी एशिया बैंकले मात्रै एकवर्षमा ४ अर्ब ६५ करोड कमायाे

    काठमाडौं ।  गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा  करिब २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

    images
    images

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकको २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन् । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ। यस्तै प्राइम बैंकको नाफा १८.८० प्रतिशतले घटेर २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ ।
    असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यस्तै धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार नाफा कमाएको छ ।

    बैंकहरुले प्रकाशित वित्तीय वित्तीय अवस्था अनुसार ३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ७ वटा , २ अर्ब भन्दा माथी नाफा कमाउनेमा ६ वटा र १ अर्ब भन्दा बढी नाफा कमाउनेमा २ वटा बैंक रहेका छन् ।

    एनआईसी एशिया बैंकले मात्रै आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।  

    आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ब्याज आम्दानीबाटै १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाएको छ । 

    यस्तै समीक्षा अवधिमा सञ्चालन नाफाबाट ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ कमाएको बैंकले जनाएको छ । 

    बैंकको मुनाफा बढेसँगै यता वितरणयोग्य नाफामा वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यो वर्ष ७.९३ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

    यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ भने बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा पुगेको छ ।  स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २०वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । 

    साथै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको बैंकको दाबी छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार