Sep 17 2024 | २०८१, असोज १ गते

क्यानडा र मलेसिया पठाउने भन्दै ठगी गर्ने दुईजना पक्राउ

क्यानडा र मलेसिया पठाउने भन्दै ठगी गर्ने दुईजना पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • क्यानडा र मलेसिया पठाउने भन्दै ठगी गर्ने  दुईजना पक्राउ

    काठमाडौं । क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिरी नगरपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीया फुलमाया जिरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । 
    जिरेलले १ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा पठाइ प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । 

    images
    images


    यसै‌ंगरी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने  ३८ वर्षीय रविन्द्र राईलाई  आइतबार प्रहरीले पक्राउ गरेको छ । 
    राइले १ जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार