images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

रोल्पामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • रोल्पामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

    शहीदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएको छ । मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

    images
    images
    images

    दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ ।रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हाे। घट्नामा १४ जना  सामान्य घाइते छन् ।

    स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

    घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको स्थानीय अगुवा डम्बरबहादुर पुनले बताए । उनका अनुसार घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।

    घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । घटनाबारे प्रमुख जिल्ल्ला अधिकारी र प्रहरीलाई साढे १ बजे सूचना प्राप्त भएको थियो ।

     चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार