Sep 17 2024 | २०८१, असोज १ गते

८ अर्बको बिजुली बेच्दा माथिल्लो तामाकोशीले ७ अर्ब ३९ करोड ब्याज तिर्‍यो

८ अर्बको बिजुली बेच्दा माथिल्लो तामाकोशीले ७ अर्ब ३९ करोड ब्याज तिर्‍यो

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • ८ अर्बको बिजुली बेच्दा माथिल्लो तामाकोशीले ७ अर्ब ३९ करोड ब्याज तिर्‍यो

    काठमाडौं। स्वदेशी लगानीमा निर्मित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको घाटा बर्सेनि बढेको छ। गत आर्थिक वर्ष ८ अर्बको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशीले ब्याजलाई मात्रै ७ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी गरेको छ। आम्दानी बढे पनि कम्पनीको नोक्सानी पोहोरभन्दा वृद्धि भएको छ।  

    images
    images

    कम्पनी असार मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैयाँ घाटामा छ। पोहोर पनि कम्पनी २ अर्ब ३१ करोड रुपैयाँ घाटामा थियो। विद्युत बिक्रीमा सुधार भए पनि कम्पनीको नोक्सानी झनै बढेको देखिन्छ। 

    गत आर्थिक वर्ष कम्पनीले ८ अर्ब १२ करोड रुपैयाँको बिजुली बेच्यो। जुन अघिल्लो आर्थिक वर्षभन्दा १४.२१ बढी हो। पोहोर असारमा यस्तो आम्दानी ७ अर्ब ११ करोड रुपैयाँ थियो।

    उक्त आम्दानीको ९१ प्रतिशत रकम तामाकोशीले ब्याज तिरेको छ। ब्याज भुक्तानीलाई तिरेको रकम मात्रै २८ प्रतिशत वृद्धि भएको छ। ७३ अर्ब १५ करोड रुपैयाँ दीर्घकालीन कर्जा छ। १० अर्ब ६५ लाख अल्पकालीन कर्जा र दायित्व छन्।

    कम्पनीको प्रति सेयर आम्दानी ३५.४९ रुपैयाँ ऋणात्मक छ। र प्रति सेयर नेटवर्थ ३४.६७ रुपैयाँमा ओर्लिसकेको हो।

    यसबीच कम्पनीले २२ मेगावटको रोल्वालिङ आयोजना निर्माण गर्न कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद बिक्री गर्दैछ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार