images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सरकारले चाँडै विश्वासको मत लिनेछ – मुख्यमन्त्री थापा

सरकारले चाँडै विश्वासको मत लिनेछ – मुख्यमन्त्री थापा

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  • सरकारले चाँडै विश्वासको मत लिनेछ – मुख्यमन्त्री थापा

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
    उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईँको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु  हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।

    images
    images
    images

    मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै  विगतको सरकारले अध्यादेशमार्फत  ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए । उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।

    पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै  मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार