images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान

    पर्सा । देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ । 

    images
    images
    images

    वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’(एएनपिआर) जडान गरिएको हो । वीरगञ्ज महानगरपालिकाको रु २७ लाखको लागतमा जडान गरिएको एएनपिआर प्रणालीको बुधबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका हुन् । 

    उनले जडान गरिएको अत्याधुनिक प्रविधिले वीरगञ्जको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले वीरगञ्जवासीको जिउधनको सुरक्षाका लागि वीरगञ्जका केही स्थानमा हाल जडान गरिएको एएनपिआर प्रणालीका क्यामरालाई चाँडै नगरभरि विस्तार गर्दैै लैजाने जानकारी दिए । 

    वीरगञ्जको परवानीपुर, गण्डकलगायत नगरका विभन्नि चोकमा जडान गरिएको अत्याधुनिक क्यामेरा र एएनपिआर प्रणालीले वीरगञ्ज सहरलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनले सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिकोसमेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

    उक्त प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार