Sep 08 2024 | २०८१, भदौ २३ गते

मुख्य योजनाकार दावाको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया अहिलेसम्म अघि बढेन

मुख्य योजनाकार दावाको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया अहिलेसम्म अघि बढेन

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • मुख्य योजनाकार दावाको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया अहिलेसम्म अघि बढेन

    गृह मन्त्रालयले करिब ६१ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका विदेशी नागरिक निमा तामाङ भनिने दावा छिरिङको नेपाली नागरिकता रद्ध गर्ने प्रक्रिया हालसम्म पनि शुरु गर्न सकेको छैन् ।

    images
    images

    चिनियाँ मूलका बेल्जियम नागरिक दावाले राजनीतिक तथा प्रशासनिक सेटिङ मिलाएर नेपाली नागरिकता लिएको पुष्टि भइसक्दा समेत गृह मन्त्रायले सो नागरिकता रद्ध गर्ने प्रक्रिया अगाडि नबढाउनुले आशंका सिर्जना गरेको छ ।

    गृह मन्त्रालय स्राेतले भन्याे–अहिलेसम्म टिप्पणी उठेकाे छैन ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले दावाको नागरिकता छानबिन गर्न समिति बनाए पनि सो समितिले काममा ढिलाइ गर्दा समितिलाई थप जवाफदेही बनाउन विशेष पहल गर्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

    सुन तस्करीको मुख्य योजनाकारमध्ये एक मानिएका उनी हाल प्रहरी हिरासतमा छन् । उनी गत १५ साउनमा पक्राउ परेका थिए ।

    दावाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको पुष्टि भइसकेको छ । उनले आफूजस्तै अन्य ५ विदेशीलाई समेत नेपाली नागरिकता दिलाएका थिए । तर उनीहरुको नागरिकता रद्ध गर्न गृह प्रशासनले चरम ढिलाइ गरिरहेको छ । 

    दाबा अपराधिक व्यक्ति हुन ।

    २०७९ साउन ११ गते पनि प्रहरीले यस होटेलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, १ लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद गरे पनि उनी भने त्यतिबेला उम्किएका थिए।

    त्यतिबेला नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने कार्य र ‘लोन’ (ऋण) एपमार्फत अवैध असुली गरेको भन्दै प्रहरीले चिनियाँ गिरोहका संलग्नलाई पक्राउ गरेको थियो। दावाको अपराध भने २०७६ सालमै खुलेको थियो तर पक्राउ पर्न सकेका थिएनन्।

    प्रहरीले काठमाडौँबाट १२२ चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनीमार्फत सुरक्षा निकायले सूचना चुहिएपछि अन्य चिनियाँ फरार रहेको आरोप लागेको थियो।

    उनी त्यतिबेला पनि नेपाल छाडेर भागेका थिए। त्यतिबेला पनि माओवादी केन्द्रका नेताहरूसँगको राजनीतिक कनेक्सन देखिएपछि अनुसन्धान अघि नबढी टुङ्गिएको थियो। अहिले पनि उनी पक्राउ पर्दा माओवादी केन्द्रका नेताहरूको कनेक्सन देखिए पनि प्रभावकारी रुपमा अनुसन्धान भएकाे छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट