images

Jul 27 2024 | २०८१, साउन १२ गते

विष्णु माझीले तीज गीत ‘बलमा’ ल्याइन्

विष्णु माझीले तीज गीत ‘बलमा’ ल्याइन्

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • विष्णु माझीले तीज गीत ‘बलमा’ ल्याइन्

    काठमाडौं । यस्तो लाग्छ, विष्णु माझीको गीत विना धेरैलाई तीज खल्लो लाग्न सक्छ । तीज लागेसँगै फ्यान उनका गीतको पर्खाइमा हुन्छन् । विष्णुले यस वर्ष पनि दर्शक तथा श्रोतालाई निराश हुन दिइनन् ।

    images

    उनको स्वर समावेश तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

    ‘पुतलीको भट्टी-१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

    विष्णुले प्रत्येक वर्षको तीजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । फ्यान केही महिनादेखि नै उनको गीतको पर्खाइमा थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार