images

Dec 01 2023 | २०८०, मंसिर १५ गते

images

६१ किलो सुन ल्याएकाे गिराेहले पहिल्यै थप ३०२ किलो अवैध सुन भित्र्याएको भेटियाे

६१ किलो सुन ल्याएकाे गिराेहले पहिल्यै थप ३०२ किलो अवैध सुन भित्र्याएको भेटियाे

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • ६१ किलो सुन ल्याएकाे गिराेहले पहिल्यै थप ३०२ किलो अवैध सुन भित्र्याएको भेटियाे

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१८ ग्राम सुन भित्र्याउन समूहले नै थप ३०२ किलो सुन त्यसअघि नै भित्र्याएको दाबी गरेको छ ।

    ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानपछि लाजिम्पाटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले यही समूहले पहिला ३०२ किलो र अहिले ६० गरी ३६२ किलो सुन भित्र्याएको पाइएको बताएकी हुन् ।

    ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

    सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २३ नेपाली र ९ विदेशी छन् । अझै १८ जना फरार छन् । उनका अनुसार १४ विदेशी र ४ जना नेपाली रहेका हुन् ।

    साउन २ गते राति त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवस्थामा सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । विभागले १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान जिम्मा लगाएको थियो । सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको हो ।

    सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको थियो ।

    प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् । पहिलो प्राविधिक टिममा ४२ जना रहेको र त्यसले दैनिक १८ घन्टा काम गरेको उनले बताइन् । अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको उनको भनाइ छ ।

    सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

    प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार