Sep 20 2024 | २०८१, असोज ४ गते

संसदमा रास्वपा र राप्रपाद्वारा पालैपालो विरोध

संसदमा रास्वपा र राप्रपाद्वारा पालैपालो विरोध

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज १४ २०८०
  • संसदमा रास्वपा र राप्रपाद्वारा पालैपालो विरोध

    काठमाडौँ । प्रतिनिधिसभाको आइतबार सुरु भएको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पालैपालो अवरोध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै रास्वा सभापति रवि लामिछानेसहितका सांसदहरु विरोधमा उत्रिएका हुन्।  
     

    images
    images

    हालै संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण पूरा गरी नेपाल फर्किएका प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुड फ्रेस गरेर आएको टिप्पणी गरेका छन् ।  सो टिप्पणीको जवाफ दिँदै प्रचण्डले आफूले संसद्लाई जानकारी गराएर मात्र विदेश भ्रमण गरेको बताएका छन् ।

    उनले भने,‘सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु, म जहिलेपनि विदेश भ्रमणमा जाँदा यस सदनलाई जानकारी गराएर र एजेण्डाहरु बारेपनि मुख्य त यी हुनेछन् भनेर नै जाने गरेको छु । भारत भ्रमणमा जाँदापनि सम्मानित सदनलाई जानकारी गराएरै गएको थिए । अहिले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा जानपनि मैले सम्मानित सदनलाई जानकारी गराएको स्मरण गराउन चाहन्छु । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेर अलि जोड दिएर भन्नुपर्ने अवस्था आइलाग्यो ।’ 

    अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले पनि बैठकमा विरोध जनाएका छन्। प्रक्रिया नमिलेको भन्दै राप्रपा सांसदहरु पनि विरोधमा उत्रिएका हुन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट