Sep 20 2024 | २०८१, असोज ४ गते

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

    धनुषा । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकाङ्क्षी देखिएका छन् ।

    images
    images

    आठ जिल्ला रहेको यस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । मधेसका एक सय ३६ पालिका, २३ जनसङ्गठन, आठ प्रदेश विभागबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसङ्गठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ ।

    प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेल र सुमन प्याकुरेलले प्रचारप्रसार गरिरहेका छन् । एमाले सचिव एवं प्रदेश इञ्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्वका लागि आकाङ्क्षी नेतामध्येबाट सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास गरिरहेको प्रचार विभाग प्रमुख शर्माले जानकारी दिए ।

    उनका अनुसार कोशी प्रदेशका इञ्चार्ज रघुवीर महासेठले पनि मधेसमा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन् । दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहे पनि आकाङ्क्षी नेता दुई धारमा बाँडिएकाले निर्वाचन हुने सम्भावना पनि रहेको शर्माको भनाइ थियो । उनका अनुसार अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ भन्ने रहेको छ ।

    जनकपुरधामको महेन्द्रनारायणनिधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट