Sep 20 2024 | २०८१, असोज ४ गते

अहिलेसम्म कांग्रेस कतिपटक फुटे ? किन फुटे कसले फुटाए ? (भिडियोसहित)

अहिलेसम्म कांग्रेस कतिपटक फुटे ? किन फुटे कसले फुटाए ? (भिडियोसहित)

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २३ २०८०
  • अहिलेसम्म कांग्रेस कतिपटक फुटे ? किन फुटे कसले फुटाए ? (भिडियोसहित)

    काठमाडौँ ।  देशकै ठूलो राजानिक पार्टी नेपाली कांग्रेस भित्रको २ गुटले पार्टी बिघटनकै अवस्थामा पुर्याउछ या समयमै सचिएर मिसन ८४ मा पनि आफ्नो प्रभुत्व कायमै राख्न सफल होला ? यो दुबिधाको बारेमा बुझ्नुपुर्व अहिलेसम्म कांग्रेस कतिपटक फुटे ? किन फुटे कसले फुटाए ?भनेर चर्चा गरियो भने मिसन -८४ मा कांग्रेस कुन अवस्थामा पुग्ला भनेर अनुमान लगाउन सजिलो होला  । 

    images
    images

    नेपाली कांग्रेसको स्थापना र कांग्रेसभित्रको कचिङगल एवं विभाजन श्रृंखला वामन्थीहरु कै जस्तो रोचक छ ।बीपी कोइरालाको नेतृत्वमा २००६ साल चैत २७ गते स्थापना भएको नेपाली कांग्रेसको इतिहास झण्डै ७० वर्ष पुरानो भएको छ । एकहिसावले भन्दा हजुरबुवा पुस्तामा पुगेको छ। अर्को हिसाबले सोच्दा नातिपुस्ता सम्मको पुस्तान्तरणले लिगेसी बनायो कि नातिपुस्तालाई हजुरबुवाको लिगेसी पचाउन गाह्रो हुदैछ ? यो त् जिम्मेबार काँग्रेसलेनै जानून् । 

    बीपीदेखि वर्तमान सभापति शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेस, आफ्नो जात नै विर्सने अवस्थामा पुगेको छ । गति र दिशाको झन् कुरै नगरौँ । पार्टीका जिम्मेवारहरुनै भन्छन कि के नौलो कुरा हो र फुट्ने जुट्ने स्वार्थ बाझिने यी सामान्य कुरा हुन् । सुन्दा त सामान्यनै हुन् तर एउटा ठुलो पार्टीको राजनीतिक अवसान २०८४ मा भयो भने त कम्ती चित्त दुख्छ भन्नछन कोहि कोहि इमान्दार कार्यकर्ता ।


    २००९ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला सभापति हुँदा पहिलो पटक कांग्रेस फुट्यो । २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला सभापति हुँदा कांग्रेसमा पहिरो नै गयो । देउवाले प्रजातान्त्रिक कांग्रेस जन्माएथे त्यही बेला ।

    कांग्रेसको कचिङ्गल बुझ्न कठिन भने छैन । ठूलो कुर्सीमा एउटै व्यक्ति बस्नु पर्छ अनि काण्ड पुगिहाल्छ । अहिले भने शेरबहादुर कुन ताकतले पो टिकेका छन्, थाहा छैन । पार्टी सभापति र प्रधानमन्त्री आफैं पड्काइराखेका छन् । उनी ज्याद्रा भएर होला, ढाड पछाडि रुन कराउन मात्रै सकेका छन्, इत्तर पक्षहरु । 

    ‘गुट’को कुरा त के गर्ने ? एउटै टेबलमा चिया खाइरहेका दुई जना फरक–फरक गुटका हुन्छन् । हैट ! पाइलै पिच्छे गुट । २००८ सालमा राणा कांग्रेस मन्त्रिपरिषद् पतन हुनुमा कांग्रेसभित्र बीपी र मातृका गुटको टकराब नै मूल कारण थियो । मातृका गुटलाई बीपी गुटले कारबाही गरेपछि पार्टी नै फुटेको थियो ।

    २०५९ मा देउवा प्रधानमन्त्री थिए । उनलाई संकटकाल नथप्न पार्टीको निर्देशन थियो । तर, देउवाले अटेर गरेको भन्दै पार्टी सभापति गिरिजाप्रसादले कारबाही गरे । उनले २०५९ असारमा पार्टी विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गरे । २०६४ मा फेरि एकता भयो । संसद् विघटन गरी २०५१ सालमा मध्यावधि निर्वाचन गर्ने कोइरालाको निर्णयप्रति गणेशमान सिंह असन्तुष्ट भए ।

    उनले २०५१ को निर्वाचनमा देशैभर विद्रोही उम्मेदवार खडा गरे । जुन चुनावबाट एमाले ठूलो पार्टी बन्यो । गणेशमानको सनकले कम्युनिष्टलाई फाइदा पुग्यो । त्यही गुणले ग्रस्त उनका छोरा प्रकाशमान अहिले यता न उताका भएका छन् । कहिले कोइरालाहरुको फेरो समात्छन्, कहिले देउवाको शरणमा ।

    कांग्रेसमा एउटा रोग व्याप्त छ । आफ्नो कर्तव्य विर्सने अर्काको टुपी उखेल्ने । दिवंगत कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला कांग्रेसको एउटा समूह बालुवाटार पुगेर धम्कायो–‘तिम्रो जुँगा र टुपी उखेल्दिम् बुढा ।’बिचरा सुशीलको न टाउकोमा कपाल थियो, न जुँगा नै । पछि सुशीलको बेवारीसे मरण भयो। 

    कांग्रेसभित्र भाग खोज्ने र जिम्मेवारी ननिभाउने रोग पनि सरोबरी छ । एउटै कार्यसमितिमा भएका पदाधिकारी पार्टी सभापतिको टुपीमा झुण्डिन खोज्छन् । आफु त्यही कार्यसमितिको जिम्मेवार पदाधिकारी हो भन्ने विर्सन्छन् । उदाहरणको लागि, गगन थापा।

    अहिले उनी निर्वाचित महामन्त्री हुन् । पार्टीको विचार प्रवाह र  संगठन चुस्त बनाउने सन्दर्भमा जति जिम्मेवार शेरबहादुर छन्, उति नै जिम्मेवार थापा पनि । तर, उनी बोलीले खाइदिन्छन्। 

    रामचन्द्र, शशांक, शेखरका के कुरा गर्नू कम्तिमा रामचन्द्र लाइ त देशकै सम्मानित पद मिलिहाल्यो  शशांक, शेखरलाइ कहिले मिल्ने हो यो पगरी थाह छैन जे होस् बेलैमा सचिएर बिरासत जोगायो भने काँग्रेसलाइ फाइदा होला नत्र नया पुस्ताको आकर्षण बढाउँ अप्ठ्यारोको फर्सी टिप्न जस्तै कठिन छ भन्नछन कांग्रेसकै बिद्वानहरु ।

    भिडियो :


     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट