images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

लेकसाइड २४ घण्टा खोल्न दिन अदालतको आदेश

लेकसाइड २४ घण्टा खोल्न दिन अदालतको आदेश

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
  • लेकसाइड २४ घण्टा खोल्न दिन अदालतको आदेश

    काठमाडौँ । पटक पटक आश्वासन, निर्णय र निर्देशन भएर पनि कार्यान्वयन हुन नसकेको विषय हो, पोखराको लेकसाइड चौबिसै घण्टा खुला राख्ने । उच्च अदालत पोखराले बुधबार लेखसाइड चौबिसै घण्टा खोल्न दिन अन्तरिम आदेश गरेपछि फेरि यो विषयमा बहस सुरु भएको छ ।

    images
    images
    images

    कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।

    अदालतले यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत, लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाममा आदेश जारी गरेको छ ।  

    गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले अन्तरिम आदेश समेतको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर निवेदन दिएकी थिइन् । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले गरेका थिए ।

    High-court-pokhara.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार