Sep 20 2024 | २०८१, असोज ४ गते

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
  • अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

    काठमाडौँ । सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको बैठकले सरकारले संघीयता कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । संघीयता कार्यान्वयनमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याएर भएपनि अगाडि बढ्नुपर्ने विषयमा समाजवादी मोर्चामा छलफल भएको हो ।

    images
    images

    समाजवादी मोर्चाको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संघीयता कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने विषयमा छलफल भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । मोर्चाको बैठकमा भएका छलफलबारे उनले भने, 'संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो ।' संघीयता कार्यान्वयन नहुँदा र प्रदेश संरचनालाई संविधानले स्पष्ट तोकेका अधिकार नदिँदा संघीयता व्यवस्थामाथि नै प्रश्न उठेको विषयमा छलफल भएको श्रेष्ठको भनाइ थियो ।

    प्रदेशहरूलाई कर्मचारी र सुरक्षा संयन्त्र दिनुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । 'संविधानको अनुसूचीमा संघ, प्रदेश र स्थानीय तहको अधिकार व्यवस्था छ । त्यो कार्यान्वयन गर्न नसक्नु कमजोरी हो,' उनले भने, 'प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो कि भन्ने सन्देश प्रवाह भइरहेको छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेको छ । अध्यादेश नै ल्याएर भएपनि यो कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’

    संघीयताको कार्यान्वयनका लागि अध्यादेश ल्याएर भएपनि अगाडि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिइएको श्रेष्ठले बताए । त्यस्तै समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन गर्ने र मुलुकका मुख्य सहरहरूमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षमा कार्यक्रम गर्ने छलफल भएको श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट