Sep 20 2024 | २०८१, असोज ४ गते

हामी नेपालको राजनीतिक कोर्स चेन्ज गर्दै आएका छौँ : माधव नेपाल

हामी नेपालको राजनीतिक कोर्स चेन्ज गर्दै आएका छौँ : माधव नेपाल

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
  • हामी नेपालको राजनीतिक कोर्स चेन्ज गर्दै आएका छौँ : माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् । बुधवार सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् ।

    images
    images

    ‘राष्ट्रिय राजनीतिमा हाम्रो हैसियत, हाम्रो भूमिका छ भन्ने कुरालाई नबिर्सनुस् । हामीले त नेपालको राजनीतिको कोर्स चेन्ज गर्दै आएका छौ’, अध्यक्ष नेपालले भने, ‘कता जाने हो यो राजनीति भन्ने स्थितिमा हामीले भूमिका खेलेर ठिक दिशामा लिएर गएका छौँ ।’ उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै उनले अहिले पनि आफूहरू नेपाली विशेषताको समाजवाद के हुनसक्छ भनेर गम्भीर चिन्तन मनन गरिरहेको बताए ।

    ‘पार्टीभित्र पनि गरिरहेका छौ र आजै समाजवादी मोर्चाको बैठकमा पनि प्रस्ताव राखेका छौँ । नेपाली विशेषताको समाजवाद के हुनसक्छ ? यसका निम्ति एउटा गोष्ठी सेमिनार राखौँ, अन्तर्राष्ट्रिय अनुभवहरू पनि हेरौँ’, नेता नेपालले भने । उनले मोर्चाको बैठकमा जनताले चाहे अनुसारको परिणाम सरकारले दिन सकेको छैन भनेर समेत प्रश्न गरेको बताए । त्यसको जवाफमा प्रधानमन्त्रीले समेत ठिक छ भनेको र आफू नयाँ ढङ्गले जान खोजेको बताएको नेपालले बताए । ‘प्रधानमन्त्रीले पनि ठिक छ, मैले त नयाँ ढङ्गले जाने भनेको छु, नयाँ ढङ्गले जान नसक्नेलाई मन्त्रीबाट पनि हटाउने, अरुमा पनि आमुल हेरफेर यो सबै गर्न म तयार छु भन्नुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘उहाँले गर्नुहोस् हाम्रो शुभकामना छ हाम्रो सहयोगी भूमिका हुन्छ ।’ त्यस क्रममा उनले नेपालको राजनीतिमा प्रतिगामीहरूले टाउको उठाउन थालेको भन्दै दक्षिणपन्थीहरू सलबलाउन थालेकोप्रति मोर्चाको बैठकमा छलफल सुरु भएको बताए । 

    ‘देशको अवस्थाबारेमा मैले समाजवादी मोर्चाको बैठकमा कुरा राखेको छु । त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ । छलफलमा अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदै छ । अहिले हाम्रो देशको स्वाधीनतामाथि आक्रमण भइरहेको छ कि छैन । यी सबै कुरामा हामीले व्यापक छलफल गरौँ’, उनले भने, ‘यस कुरामा अरू सबै सहमत भएका छन् । चिन्ता हामीलाई मात्रै छैन अरूलाई पनि छ। अरूलाई पनि चिन्ता हुनुपर्छ भनेका छौँ ।’ उनले जनतामा निराशा बढेको र राजनीतिमा वितृष्णा र पार्टीहरूप्रति असन्तोषको कारण खोजी गर्दै सुधार गर्नुपर्ने बताए । नेपालले संविधान र राष्ट्रियताको मुद्दामा प्रगतिशील शक्तिलाई एकताबद्ध गर्नु आवश्यक रहेको पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट