राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट निर्वाचित १९ र मनोनीत १ गरेर कूल २० सांसद्को पदावधि सकिँदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।