Sep 20 2024 | २०८१, असोज ४ गते

केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

केन्द्रीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
  • केन्द्रीय  सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा

    काठमाडौँ । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै केन्द्रीय सरकारलाई दबाब दिन आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्।  केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरुले हेटौँडामा बैठक गर्न लागेका हुन्।

    images
    images

    बैठकमा सहभागी हुन हेटौँडा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारलाई दबाब दिन हेटौँडामा भेला हुनपर्ने अवस्था आएको बताए।  ‘संघीय सरकारले अधिकार हस्तान्तरण नगर्ने तर संघीय सांसदहरू मिडियामा देख्नेबित्तिकै अधिकार हस्तान्तरण गर्छौं भन्ने प्रवृत्तिले प्रदेश सरकार हैरान भएको छौँ’, उनले भने, ‘निजामती कानुनसमेत पास गर्न नसकेको उदाहरणले  छर्लङ्ग पारेको छ। संसद् सुतिरहेकाले पनि अधिकार प्रत्यायोजनमा समस्या भएको हो।’

    उनले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए। भेलामा संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुने जनाए।  संघीयता बलियो बनाउन प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयन हुनुपर्ने कार्कीले बताए। 

    प्रदेश सरकारले पनि स्थानीय सरकारलाई अधिकार दिएन भन्ने गुनासो छ नि भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले भने, ‘स्थानीय तहलाई चाहिने ऐनहरु हामीले रोकिरहेका छैन, रोकिएको हो भने त्यो समस्या हल गर्न आजको बैठक बस्न लागिएको हो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट