Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसले फेरि थप्यो ६ भ्रातृ संस्थाको म्याद

कांग्रेसले फेरि थप्यो ६ भ्रातृ संस्थाको म्याद

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
  • कांग्रेसले फेरि थप्यो ६ भ्रातृ संस्थाको म्याद

    काठमाडौँ । नेपाली कांग्रेसले ६ भ्रातृ संस्थाका म्याद थप गर्ने निर्णय गरेको छ। पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाका म्याद थप गर्ने निर्णय गरेको हो।

    images
    images

    बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले म्याद सकिएका ६ भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय भएको बताए।

    उनका अनुसार नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघको म्याद थप गर्ने निर्णय भएको छ।  यी भ्रातृ संस्थामा तदर्थ समिति गठन गरिएकोमा छ महिने म्याद सकिएको थियो। ‘तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थालाई महाधिवेशन गर्ने शर्तसहित ६ महिना म्याद थप गर्ने निर्णय भएको छ,’ विश्वकर्माले भने।

    कांग्रेसले लामो समयदेखि नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्न सकेको छैन। महाधिवेशन गर्न भन्दै कांग्रेसले पटक-पटक तदर्थ समिति गठन गर्दै भ्रातृ संस्था चलाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट