Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै, रास्वपालाई दिएन निम्तो

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै, रास्वपालाई दिएन निम्तो

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १५ २०८०
  • कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै, रास्वपालाई दिएन निम्तो

    काठमाडौँ । नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। लोकतन्त्र प्राप्तिका लागि पटक-पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

    images
    images

    कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने उनले बताए। कार्यक्रमका लागि नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्तो दिइएको कांग्रेसले जनाएको छ।  

    कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कार्यक्रममा निम्तो दिएको छैन। ‘वक्ता धेरै हुने भएकोले निश्चित मापदण्ड बनाइयो। राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो। प्रजातन्त्र नै मूल विषय हो,’ उनले भने, ‘यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ। चित्रबहादुर केसीको योगदान छ। रास्वपा मात्र होइन अरू पनि छुटेका छन्।’मापदण्डभित्र नपरेका पार्टी छुटेको हुन सक्ने उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट