राप्रपा बैठक : राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्न प्रदेशलाई जिम्मेवारी
राप्रपा बैठक : राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार सिफारिस गर्न प्रदेशलाई जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि पुस १८ गतेसम्म उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी प्रदान गरेको छ ।
राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी बैठकले उम्मेदवार सिफारिस गरी पार्टीको संसदीय समितिमा पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैठकले ३०२ औं पृथ्वी जयन्ती विविध कार्यक्रमका साथ मनाउने यसअघि नै निर्णय गरिएकोमा काठमाडौंको भृकुटीमण्डपबाट सिंह्दरबार अगाडि रहेको पृथ्वी शालिकसम्म र्याली गर्ने र ‘पृथ्वीनारायण’ शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरेको उनको भनाइ छ ।
उनले काठमाडौं, ललितपुर, भक्तपुरबाहेक ७४ जिल्लामा पृथ्वी जयन्ती मनाउने र यसका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको बताए ।