Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारले गरेका राम्रा कामको वनरसिप लिन कांग्रेसलाई प्रधानमन्त्रीको अपिल

सरकारले गरेका राम्रा कामको वनरसिप लिन कांग्रेसलाई प्रधानमन्त्रीको अपिल

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
  • सरकारले गरेका राम्रा कामको वनरसिप लिन कांग्रेसलाई प्रधानमन्त्रीको अपिल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको राम्रो कामको वनरसिप लिन कांग्रेस नेताहरूलाई नडराउन अपिल गरेका छन् । सोमबार कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूबाटै सरकारको कार्यशैलीमा अझ सुधार गरेर जाने प्रक्रिया थालिसकेको बताए ।

    images
    images

    ‘सरकारले गरेको राम्रो कामको वनरसिप लिन डराउन पनि भएन । प्रचण्ड योपटक अलि सानो पार्टीको नेता कताकताबाट प्रधानमन्त्री भयो भनेर नेपाली कांग्रेसले सरकारले गरेका राम्रा काम खुलेर समर्थन गर्ने र स्वामित्व लिन डराइदिने भएन’, प्रचण्डले भने, ‘हिच्किचाइदिन भएन मेरो यो एउटा अपिल छ ।’ उनले आफूले केही जोखिम उठाएर नै काम गरिरहेको भन्दै यो गहिराइलाई बुझिदिन आग्रह पनि गरे । उनले सरकारले गर्त वर्ष पनि केही राम्रा काम भएको भन्दै  नागरिकता, मिटर ब्याज, विदेशमा भएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने जस्ता धेरै राम्रा काम गरेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट