Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादीबिच के भयो छलफल ?

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादीबिच के भयो छलफल ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
  • राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादीबिच के भयो छलफल ?

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच सिट बाँडफाँटबारे छलफल भएको हो ।

    images
    images

    छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। यता माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

    आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

    आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफल सुरु भएको हो । कांग्रेस नेता रमेश लेखकले भने, ‘आज बिहान कांग्रेस र माओवादी केन्द्रबिच समसामयिक विषयमा कुराकानी भएको छ । त्यसमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल भएको छ ।’ लेखकका अनुसार राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधवार गठबन्धनको बैठक बस्ने छ । राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउनुपर्नेमा कुरा भएको उनले बताए ।

    कांग्रेस र माओवादी केन्द्रका नेताबिच भएको एमालेको रिक्त ९ सिटमा दुई दलबिच मात्र भागबन्डा गर्ने गरी छलफल भएको स्रोतले रातोपाटीलाई बतायो । स्रोतका अनुसार सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र जसपालाई उनीहरूको रिक्त सिटमा मात्र छाड्न सकिने विषयमा छलफल भएको छ । गठबन्धनमा सिट बाँडफाँटसँग क्लस्टर मिलाउने विषय जटिल रहेको नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट