Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रियसभामा भागबण्डा मिलाउन आज पनि कांग्रेस र माओवादीबिच छलफल

राष्ट्रियसभामा भागबण्डा मिलाउन आज पनि कांग्रेस र माओवादीबिच छलफल

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • राष्ट्रियसभामा भागबण्डा मिलाउन आज पनि कांग्रेस र माओवादीबिच छलफल

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच छलफल भएको हो ।

    images
    images

    छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

    उपप्रधान तथा रक्षामन्त्री समेत रहेका खड्काले राष्ट्रियसभाका उम्मेदवार टुंग्याउन विषयमा छलफल भएको बताए । ‘राष्ट्रियसभा निर्वाचनको उम्मेदवार तय गर्ने सन्दर्धमा आज पनि छलफल भयो । यो नियमित छलफल हो,’ उनले भने, ‘राष्ट्रियसभा उम्मेदवारको भागबण्डा मिलाउने विषयमा छलफल भइरहेको छ । कसरी मिलाउने भन्ने टुंगेको छैन ।’ राष्ट्रियसभाको भागण्बडा नटुंगिएसम्म दलहरुका बिचमा बैठक चलिरहने उनको भनाइ छ । आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट