Sep 20 2024 | २०८१, असोज ४ गते

एमालेसँग छलफल गर्दै सत्ता गठबन्धन

एमालेसँग छलफल गर्दै सत्ता गठबन्धन

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • एमालेसँग छलफल गर्दै सत्ता गठबन्धन

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका  थिए । एमालेसँग साँझ पाँच बजे छलफल गर्ने तयारी छ ।
     

    images
    images

    यो छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि साँझ ५ बजे फेरि नेकपा एमालेसँग संयुक्त बैठक बस्ने ती नेताले बताए ।

    बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट