Sep 20 2024 | २०८१, असोज ४ गते

भारतका विदेश मन्त्री बिहीबार नेपाल आउँदै

भारतका विदेश मन्त्री बिहीबार नेपाल आउँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • भारतका विदेश मन्त्री बिहीबार नेपाल आउँदै

    काठमाडौँ । भारतका विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउँदै छन् । नेपाल र भारतका विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।  

    images
    images

    दुई दिने बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा नेपाल-भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता हुने तयारी छ । उनले नेपाली समकक्षी एनपी साउदसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’सँग उनको भेट भएको थिएन । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्नेछ परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उनी शुक्रबार भारत फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट