Sep 20 2024 | २०८१, असोज ४ गते

माओवादीमा राष्ट्रियसभा सदस्यका लागि करिब दुई सय जनाको नाम सिफारिस

माओवादीमा राष्ट्रियसभा सदस्यका लागि करिब दुई सय जनाको नाम सिफारिस

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • माओवादीमा राष्ट्रियसभा सदस्यका लागि करिब दुई सय जनाको नाम सिफारिस

    काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रमा करिब दुई सय जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार सात प्रदेशसहित मोर्चाबाट समेत गरी करिब दुई सय जनाको नाम सिफारिस भएर आएको हो ।

    images
    images

    राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ । रिक्त हुने ती सिटमध्ये माओवादी केन्द्रका तीन सांसद छन् । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भनेर भागबण्डा भइसकेको छैन । भागबण्डा हुँदा माओवादीले पहिलेका तीनसहित बढीमा ६ सिट पाउने सम्भावना छ । तर प्रदेश कमिटीहरुबाट उम्मेदवार चयनका लागि करिब दुई सय जनाको नाम सिफारिस भएर आएको छ । ‘चुनाव हारेका, समानुपातिक सूचीमा नाम भएका व्यक्तिहरु पनि सिफारिश भएका छन्,ु माओवादी कार्यालयका एक कर्मचारीले भने, ‘नाम सिफारिश नभएका नेताहरुले पनि मौखिक रुपमा हेडक्वाटरमा लबिङ गरिरहेका छन् ।’

    कार्यालय स्रोतका अनुसार सिफारिस भएका पदाधिकारीहरुमा उपाध्यक्ष एबं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सचिवहरु लीलामणि पोखरेल, हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्य र प्रवास समिति प्रमुख ओम शर्मालगायत छन् । उनीहरु आम निर्वाचनमा उम्मेद्वार भएका थिएनन् । गत साता केन्दीय पदाधिकारी बैठकले यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

    गत आमनिर्वाचनमा चुनाव हारेका पदाधिकारीहरु उपाध्यक्ष पम्फा भुसाल, महासचिब देव गुरुङ, उपमहासचिबद्वय मात्रिका प्रसाद यादब, गिरिराजमणि पोख्रेलले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन् । माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिब श्रीराम ढकालले नयाँ र अवसर नपाएका योग्य नेताहरुलाई अवसर दिने पार्टीको नीति भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट