Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु

राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • राष्ट्रियसभाको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो ।

    images
    images

    बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन मंगलबार र बुधवार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच मात्र छलफल भएको थियो । कांग्रेस र माओवादीका नेताहरुको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित  बैठक बोलाउने सहमति भएको थियो ।

    आगामी फागुन २० मा एमालेका (एक मनोनित) सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै  दलहरुबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट