Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले डाक्यो सचिवालय बैठक

राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले डाक्यो सचिवालय बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • राष्ट्रिय सभाका उम्मेदवार तय गर्न एमालेले डाक्यो सचिवालय बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

    images
    images

    बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले यही पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची राखेको छ।  आगामी फागुनदेखि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ८ सदस्य रिक्त हुँदैछन्।

    निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनको मोर्चाबन्दी कायमै रहे एमालेले सबै ८ सिट गुमाउनेछ। यस्तो अवस्थामा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने गरी छलफल थालेका छन्।

    उनले सत्तारुढ दलसँग पनि एमालेलाई राष्ट्रिय सभामा समेट्ने गरी संवाद गरिरहेका छन्। बुधबार पनि सत्तारुढ चार दलका नेताको बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न ओली बालुवाटार पुगेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट