Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्रिय सभा निर्वाचन : सिट बाँडफाँटबारे छलफल, टीआरसी विधेयक टुंग्याए एमालेले ६ सिट पाउने

राष्ट्रिय सभा निर्वाचन : सिट बाँडफाँटबारे छलफल, टीआरसी विधेयक टुंग्याए एमालेले ६ सिट पाउने

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • राष्ट्रिय सभा निर्वाचन : सिट बाँडफाँटबारे छलफल, टीआरसी विधेयक टुंग्याए एमालेले ६ सिट पाउने

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो । एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सँगै लैजाने विषयमा बैठकमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    images
    images

    राष्ट्रियसभा निर्वाचन अगाडि नै टीआरसी विधेयक टुङ्गोमा पुर्‍याउने गरी सैद्धान्तिक सहमति भए मात्र एमालेसँग निर्वाचनमा सहकार्य हुनसक्ने आफूहरूको अडान रहेको उनले जानकारी दिए । एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलसँग ६ सिट मागेको बताइएको छ ।

    एमालेलाई सिट बाँडफाँड गर्ने विषयमा माधव नेपाल भने सकारात्मक नदेखिएको बुझिएको छ । नेपाल एमालेलाई सिट दिने विषयमा छलफल गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेका थिए ।

    गठबन्धन दलको बैठक फेरी बसेर यो विषय टुङ्गोमा पुर्‍याउने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

    आजै बेलुका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट