Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

    images
    images

    पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय छ ।

    आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।

    गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट