एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफल हुने खतिवडाले बताए। कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ।